वर्तमान सरकार स्पष्ट बहुमतको सरकार हो : प्रवक्ता

२०७७ चैत्र ८ आइतबार, काठमाडौं । नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार टिक्नकै लागि टिकिरहेको नभएको बताएका छन् । आइतबार नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग सवाल जवाफ गर्दै सञ्चारमन्त्रीसमेत रहेका गुरुङले यस्तो बताएका हुन् । ‘अहिलेको सरकार खाली टिक्नकै लागि टिकिरहेको छैन,’ प्रवक्ता गुरुङले भनेका छन्, ‘यसले ठूलो विकास र समृद्धिको सपना बोकेको छ र गर्दै पनि छ ।’

यस्तै प्रवक्ता गुरुङले अहिलेको सरकार स्पष्ट बहुमतको सरकार भएको बताएका छन् । ‘अहिलेको सरकार अल्पमतमा छैन,’ गुरुङले भनेका छन्, ‘स्पष्ट बहुमतको सरकार हो ।’

प्रवक्ता गुरुङले एमाले सत्तामा रहँदा थुप्रै गूड् न्यूज थपिएको बताए । नेपाल खुशी हुने देशहरुको सूचीको अग्रस्थानमा रहेको दृष्टान्त सुनाउँदै प्रवक्ता गुरुङले भनेका छन्–‘एमाले सिद्धान्तहीन र अनुचित तरिकाले चलिरहेको छैन । खाली समृद्ध नेपाल, सुखी नेपालीलाई मुख्य रुपमा लिएर अगाडि गइरहेको छ । त्यसैले त नेपाल एसियाकै खुशी देश बन्यो ।’

छुट्टै प्रसङ्गमा प्रवक्ता गुरुङले एमालेभित्र अब गुटबन्दीको अन्त्य हुने बताए । उनले भने, ‘अब एमालेभित्र पनि गुटबन्दीको राजनीति हुँदैन ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार