किन गरे २१ वर्षीय युवकले सडक पेटीमा सुतिरहेका अथबैंसेको ढुङ्गाले हानी हत्या ?

२०७७ चैत्र ८ आइतबार, काठमाडौं । काठमाडौंको कलङ्कीमा आज ५५ वर्षीय पुरुषको हत्या भएको छ । कलङ्कीस्थित थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुंगाले हिर्काउँदा चौधरी थरका पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको हो ।

हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताउनुभयो ।

अपराध महाशाखा, परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले थापालाई ढुंगेअड्डाबाट पक्राउ गरेको हो । कलंकी क्षेत्रमा मजदुरी गरेर जीवकोपार्जन गर्ने चौधरीको टाउकोमा चोट लागेको छ । उनको शव शहीद अस्पताल कलङ्कीमा छ ।

ढुंगाले हिर्काएर चौधरीको हत्या गरेको थापाले प्रहरीसँग स्वीकार गरेका छन् । आज बिहान साढे २ बजे सडक पेटीमा सुतिरहेका चौधरीलाई आरोपीले ढुंगाले हिर्काएर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार