आजको प्रतिनिधिसभा बैठकमा के-के हुँदैछ ?

२०७७ चैत्र १० मङ्गलबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो पाँचौं पटक बस्ने बैठक हो । बैठकका सम्भावित कार्यसूचीहरु सोमबार संसद सचिवालयले सार्वजनिक गरेको थियो ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल प्रसाद श्रीवास्तव एक वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार