कङ्गनाले २० किलो वजन बढाएको चलचित्र ‘थलाइवी’

२०७७ चैत्र १० मङ्गलबार, काठमाडौं । आज ट्रेलर सार्वजनिक गरिएको चलचित्र ‘थलाइवी’का लागि कङ्गना रनावटले २० किलो तौल बढाएकी थिइन् ।

उनलाई बढाएको तौल घटाएर पुनः पहिलेकै अवस्थामा आउनुपर्ने चुनौती पनि थियो । जसमा कङ्गना सफल भएकी छन् । उनले बढेको तौल समेत घटाएर सामान्य अवस्थामा ल्याईसकेकी छन् ।

‘२० किलो तौल बढाउनु र त्यसको केही महिना मै घटाउनु, यति मात्रै चुनौती थिएन,’ कङ्गनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो वायोपिक छायाङ्कनको क्रममा मैले पाएको दुखले केही समयमा नै ‘जया’ दर्शककी हुँदैछिन् ।’

चलचित्र २३ अप्रिलबाट प्रदर्शनमा आउनेछ । चलचित्र विष्णु वर्धन इन्दुरी, सैलेष आर सिंह र हितेश ठक्कर मिलेर निर्माण गरेका हुन् । कङ्गनासँगै चलचित्रमा अरविन्द स्वामीको समेत चलचित्रमा मुख्य भूमिका रहेको छ । चलचित्र हिन्दी, तमिल, तेलुगु भाषामा एकसाथ प्रदर्शन हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार