कथित स्पष्टीकरणबाट तर्सिदैनौं : माधव नेपाल

२०७७ चैत्र १० मङ्गलबार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई सोधेको स्पष्टीकरणबाट नतर्सने बताएका छन् ।

मंगलबार माधव नेपाल पक्षधर अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै नेता नेपालले स्पष्टीकरणको सामना गर्न तयार रहेको समेत बताएका हुन् ।

‘कथित स्पष्टीकरणबाट तर्सिनेवाला छैनौँ, सामना गर्न तयार छौँ,’ उनले भने । अध्यक्ष ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप लगाउँदै उनले त्यसलाई सफल हुन नदिने दाबीसमेत गरेका छन् ।

ओली र जबजबीच कहिल्यै भेट नभएको टिप्पणी गर्दै नेता नेपालले भने‚ ‘जबज र केपी ओलीको कहिले भेट भएको थियो ? अहिले केपी ओली जबजको भावनाअनुसार चलेका छन् ? जबजको पहिलो कुरा बहुमतको कुरा मान्ने हो । उनले बहुमतको निर्णय मानेका छैनन् ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार