कांग्रेसले सरकार बनाउन मरिमेटेको छैन : देउवा

२०७७ चैत्र १० मङ्गलबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले साे कुरा बताएका हुन् ।

कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै उनले प्रतिपक्षकै भूमिकामा रहने बताए । ‘कांग्रेसको नेतृत्वमा सरकार बनाउनको लागि हामी मरिमेटेका छैनौं,’ देउवाले भने, ‘हामी विपक्षी पार्टी हो, हामीले विपक्षी पार्टीको रुपमा भूमिका खेलेका छौं ।’

अनिश्वासको प्रस्ताव ल्याउने बारेमा उनी बोलेनन् । प्रतिपक्षी भएको कारण प्रतिपक्षीको नै भुमिका रहेने भन्दै देउवाले अविश्वासको प्रस्ताव ल्याउने पक्षमा पनि पार्टी नभएको स्पष्ट पारे । ‘अविश्वासको प्रस्ताव जसले ल्याएपनि हुन्छ,’ उनले भने, ‘हामी प्रतिपक्ष हौँ, अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन ।’

सरकार पनि नबनाउने ? अविश्वासको प्रस्ताव पनि नल्याउने भए अहिलेको सरकारलाई स्वीकार गरेर जान लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने- ‘हामी विपक्षी पार्टी भनेको सुन्नु भएन, हामी विपक्षी पार्टी ! विपक्षी पार्टी !! विपक्षी पार्टी हो !!!’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार