प्रधानमन्त्रीको प्रश्न– ७६१ वटा सरकार छन्, जनता कसरी बेसहारा भए ?

२०७७ चैत्र ११ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता बेसहारा नभएका बताएका छन् । बुधबार नगरपालिका संघको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब जनता बेसहारा नभएको बताएका हुन् ।

मुलुकमा ७ सय ६१ वटा सरकार भएको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्–‘कोही–कसैले जनता बेसहरा भएको भनेर भनेको सुन्छु । मुलुकमा ७ सय ६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ? एउटा संघीय सरकार छ, ७ वटा प्रदेश सरकारहरु छन् अनि ७५३ वटा त स्थानीय सरकार नै छन् । अब कसरी भए जनता बेसहारा ?’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार