ह्यारीले अब जागिर खाने

२०७७ चैत्र ११ बुधबार, काठमाडौं । बेलायती पूर्वराजकुमार ह्यारीले नयाँ जागिर खाने भएका छन् । उनी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा ‘प्रमुख प्रभाव अधिकृत’ बन्ने भएका छन् । उनको जिम्मेवारी, काम गर्ने समय र तलबका बारेमा बताइएको छैन ।

विज्ञप्ति निकालेर पूर्व राजकुमार ह्यारीले नयाँ भूमिकाका सम्बन्धमा एकदमै उत्साहित रहेको बताएका छन् ।

गत मार्चमा शाही जिम्मेवारीबाट पन्छिएपछि उनले कमाउन काम गर्न थालेका हुन् । राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा उनको लक्ष्य मानसिक स्वास्थ्यका बारेमा महत्त्वपूर्ण बहसलाई प्रोत्साहन दिने, सहज समुदाय निर्माण गर्ने र खुला कुराकानीका लागि वातावरण तयार गर्ने हुने बताएका छन् ।

बेटरअपका प्रमुख कार्यकारी अधिकृत एलेक्सी राबिचौका अनुसार राजकुमार ह्यारीले अन्य कर्मचारीको व्यवस्थापन नगर्ने तर अवस्था सामान्य भएपछि सान फ्रान्सिस्कोस्थित कार्यालयमा केही समय बिताउने बताएका छन् । सन् २०१३ मा स्थापित बेटरअपले मोबाइलमार्फत व्यावसायिक सहयोग प्रदान गर्छ । यसका ६६ देशमा ४९ भाषा बोल्ने २,००० परामर्शदाता रहेको बताइएको छ । –बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार