२०७७ चैत्र ११ बुधबार, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँच फरार छन् ।
विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको बताएका छन् । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामी संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताएका छन् ।
सन् २००० मा हसिनाको हत्याको प्रयासमा एक बम आक्रमण भएको थियो । हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको हो ।
चरमपन्थी संगठनले हसिनाले भाषण गर्ने कलेजमा दुई बम राखेका थिए । सुरक्षाकर्मीहरुसँग भएको डिभाइसले उक्त बम पहिचान गरेको थियो र त्यसलाई निस्क्रिय बनाइएको थियो ।
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित