भारतमा संक्रमण उच्च, एकैदिन थपिए ५३ हजार

२०७७ चैत्र १२ बिहीबार, काठमाडौं । भारतमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो सातादेखि त्यहाँ संक्रमितको संख्या बढ्दै गएको हो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५३ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको छ । ५ महिनाको अवधिमा भारतमा बुधबार एकैदिन ५० हजार बढी संक्रमित फेला परेका हुन् । बुधबारमात्रै २ सय ५१ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म १ करोड १७ लाख ८७ हजार ५३४ जना कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये हालसम्म कोभिड-१९ का कारण १ लाख ६० हजार ६९२ जनाले ज्यान गुमाएका छन् । भारतमा दोस्रो लहरको संक्रमण फैलिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार