२०७७ चैत्र १२ बिहीबार, काठमाडौं । नेपालका केही कलाकारकाे फेसबुक ह्याक भएकाे छ । फेसबुक ह्याक गरि पैसा मागिएकाे कलाकारहरुले जानकारी दिएका छन् ।
फेसबुक ह्याक भएको र यसबारेमा उजुरी दिन प्रहरीकाेमा पुगेकाे कलाकार सरोज खनालले जानकारी दिए । आफूजस्तै अरु कलाकारकाे फेसबुक पनि ह्याक गरि ह्याकरले ह्याकरले पैसा मागेको खनालले जानकारी दिए ।
त्यस्तै कलाकार दिपाश्री निरौलाको समेत फेसबुक ह्याक भएको छ । उनी पनि सरोजसँगै प्रहरी कार्यालय पुगेकी छन् ।
कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा पोस्ट् गर्दै चलचित्रकर्मीको फेसबुक ह्याक भएको जानकारी दिएका छन् । फेसबुक ह्याक गरेर ह्याकरले पैसा माग्ने गरेको दीपकले उल्लेख गरेका छन् ।
आज बिहान मात्रै रंग पत्रकार तथा गीतकार दयाराम पाण्डेको पनि फेसबुक ह्याक भएको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित