पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि,८५ जना डिस्चार्ज

२०७७ चैत्र १२ बिहीबार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा २ हजार ८ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको भएका छन् । यससँगै देशभर निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ।

आजको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या ३ हजार २० रहेको छ । यस्तै सक्रिय संक्रमित १ हजार २ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार