प्रदेश १ को संसद् बैठक सोमबार बस्ने

२०७७ चैत्र १५ आइतबार, काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । गत चैत १ गते स्थगित भएको बैठक सोमबार बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

प्रदेशसभा सचिवालयल आज एक सूचना प्रकाशित गरीे बैठकबारे जानकारी दिएको हो ।

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो । अब एमालेका सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार