२४ घण्टामा थपिए ८९ संक्रमित

२०७७ चैत्र १५ आइतबार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ६५ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौँका ५२, ललितपुरका ७ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आइतबार ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ।

हाल देशभर १ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा २ हजार १ सय १ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार