एउटै टोलका ८ बालिका र किशोरी सम्पर्कविहीन

२०७७ चैत्र १८ बुधबार, काठमाडौं । महोत्तरीमा घाँस काट्न निस्केका बालिका र किशोरी सम्पर्कविहीन भएका छन् । जिल्लाको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी सम्पर्कविहीन भएका हुन् ।

मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू आज बिहानसम्म सम्पर्कविहीन छन् । महोत्तरीका एसपी दिनेश आचार्यका अनुसार उनीहरू १० वर्षदेखि १८ वर्ष उमेर समूहका छन् । १० वर्षीया रंजना पासवान, सीमा पासवान, रचना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया अस्मिता पासवान र नगिना पासवान सम्पर्कविहीन रहेको एसपी आचार्यले जानकारी दिए ।

उनीहरू सधैं समूहमै घाँस काट्न जान्थे तर, मंगलबार साँझसम्म नफर्केपछि प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । ‘हामीले सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै खोजी गरिरहेका छौं,’ एसपी आचार्यले भने, ‘अहिले (बिहान साढे ८ बजे)सम्म फेला पारिएको छैन ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार