प्रतिनिधिसभाको बैठक बस्दै, शोक प्रस्ताव पारित गर्ने कार्यसूची

२०७७ चैत्र १८ बुधबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार (आज) बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठक दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने छ ।

आजको बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

काँग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।

संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार