२०७७ चैत्र २० शुक्रबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार एकीकृत परिपत्र-२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घलगायतले सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्दै आएका थिए । सोही मागअनुसार नै सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधिमा संशोधन गरिएको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ । रासस
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित