रोजर स्टोनलाई जेल चलान गर्न अदालतको आदेश

२०७७ असार १३ शनिबार,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वसल्लाहकार तथा साथी रोजर स्टोनलाई जुलाइ १४ सम्ममा कारागार पुर्याउन अदालतले आदेश दिएको छ ।

शुक्रबार संघीय अदालतले रोजरलाई कारागार लैजान आदेश दिएको हो । रोजर गत वर्ष उनीमाथि फौजदारी मुद्दामा दोषी ठहरिएपछि उनलाई जेल सजाय तोकिएको हो । ६७ वर्षीय रोजर साउथ फ्लोरिडामा बस्दैआएका थिए । स्टोनले २०१६ मा राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धानको क्रममा संसदलाई ढाँटेको अभियोग छ ।

सोही मुद्दा अन्तर्गत उनीमाथि गत नोभेम्बरमा नै अदालतले दोषी ठहर गरेको थियो । न्यायाधीश एमी बरम्यानको इजलाशले स्टोनलाई तीन वर्ष र चार महिना जेल सजाय तोकेको हो । ट्रम्पले भने स्टोनमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार