प्रधानमन्त्रीको प्रश्न– देशमा तीव्र विकास भएकोले सरकार फेर्नुपर्ने ?

२०७७ चैत्र २८ शनिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरे ।

भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुनःनिर्माण अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दाबी गरे । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’ को संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ नै आफूले फ्याकिदिने चेतावनी दिए ।

उनले भने– ‘सरकार परिर्वतनका प्रयासहरु भइरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरुलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो ? पुनः निर्माणका काम अघि बढीरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलान्याश गर्यौँ, धमाधम बन्दैछन् । त्यसकारणले हो ? १ सय ६५ वटा बाटाहरु एकैपटक सिलान्याश गर्यौँ र बन्दैछन् । त्यसकारणले हो ? एकहप्ताभित्र देशभित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौँ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनउको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।”

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार