२०७७ असार १३ शनिबार,एजेन्सी । जोए बाइडेन अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदका लागि बलियो प्रतिष्पर्धीको रुपमा देखिँदैछन् । डेमोक्रेट्सको तर्फबाट उम्मेदवारमा छानिएपछि ७७ वर्षीय बाइडेन यसअघि बाराक ओबामाको राष्ट्रपतिकालमा उपराष्ट्रपति बनिसकेका नेता हुन् ।
हाल डोनल्ड ट्रम्पविरुद्ध बलियो प्रतिष्पर्धीको रुपमा उनी खडा भएका छन् । तर उनले यदी आगामी निर्वाचन जिते भने उनी नै अमेरिकाको सबैभन्दा बढी उमेरको राष्ट्रपति हुनेछन् । तर उनै बाइडेनका लागि अमेरिकामा सक्षम र युवा महिला नेत्रीहरुले साथ दिएका छन् । जसमध्ये तीन महिला नेत्रीको नाम प्रमुखताका साथ अघि सारिएको छ ।
कमला हरिस, भल डेमिंग्स र सुसान राइस बाइडेनको सम्भावित उपराष्ट्रपति बन्ने दौडमा छन् । उनीहरुमध्ये कमला अमेरिकी राजनीतिमा प्रभाव जमाउनसक्ने जवर्जस्त महिला हुन् । उनी क्यालिफोर्नियाबाट विधायक बनेकी हुन् । यस्तै भल फ्लोरिडाबाट विधायक बनेकी हुन् भने सुसन पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार हुन् ।
बाइडेनले उनै तीनमध्ये एक महिलालाई आफ्नो उपराष्ट्रपति उम्मेदवार छान्नुपर्ने छ । यूएसए टुडेका जिल लरेन्सका अनुसार बाइडेनलाई हरिस वा डेमिंग्समध्ये एक छान्नुपर्ने अवस्था आउनेछ । सामान्यतः यो छनोट प्रक्रियाले नै राष्ट्रपति पदका उम्मेदवारको छनोटको धारणा तय गर्ने अमेरिकी मिडियाहरु जनाउँछन् ।
ह्यारिस, डेमिंग्स र राइस तीनैजना कुशल नेत्री हुन् । साथै ट्रम्पविरुद्ध कडा आवाज उठाउँदै आएका महिला नेत्री पनि हुन् उनीहरु । यद्यपि डेमिंग्सको तुलनात्मक रुपमा छोटो राजनीतिक करिअर छ । तर ट्रम्पमाथि महाअभियोग दर्ताको प्रक्रियामा उनको महत्वपूर्ण भूमिका थियो ।
ह्यारिस र डेमिंग्सको आपराधिक न्याय प्रणालीमा छोटो अनुभव आगामी सरकारका लागि फाइदाजनक हुनसक्ने पनि आंकलन गरिन्छ । जसले गर्दा सम्भावित नीति निर्माणमा सघाउ पुग्नेछ ।
राइस भने कहिल्यै जनताबाट चुनिएकी छैनन् । यद्यपि बिल क्लिन्टन र बाराक ओबामासँग काम गरिसकेकी उनीसँग उच्चस्तरीय नीति निर्माणको विज्ञता छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार र यूएनको राजदूत बनिसकेकी राइस जनप्रतिनिधि नभए पनि उनको विज्ञताको प्रशंसा गरिन्छ । संयोगक कस्तो भने, डेमोक्रेटिक तर्फबाट सम्भावित उपराष्ट्रपतिका उम्मेदवार तीनै महिला अस्वेत वा आप्रवासी अनुहार हुन् । तीनमध्ये जोसुकै छानिए पनि बाइडेनका लागि त्यो मतका हिसावले फाइदाजनक नै हुनेछ ।
‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चलिरहेका बेला एक गोरा राष्ट्रपति उम्मेदवारले अस्वेत उपराष्ट्रपति उम्मेदवार बनाउनु मत संकलनका लागि लाभदायी हुनेछ । र त्यसो गरे भने बाइडेनले एक इतिहास समेत बनाउनेछन् ।
(एजेन्सीहरुको सहयोगमा)
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो