चेन्नाईको पहिलो जित

२०७८ बैशाख ४ शनिबार, काठमाडौं । चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

१०७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले १५.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । यो दोस्रो खेलमा चेन्नाईको पहिलो जित हो । यसअघि दिल्ली क्यापिटल्ससँग चेन्नाई सात विकेटले पराजित भएको थियो । पञ्जाबविरुद्धको खेलमा चेन्नाईका मोइन अलीले ४६ र फाफ डु प्लेसिसले अविजित ३६ रन बनाए । बलिङतर्फ पञ्जाबका मोहम्मद सामीले दुई विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले खराब प्रदर्शन गर्दै २० ओभरमा आठ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । पञ्जाबका शारुख खानले ४७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन् । बलिङतर्फ चेन्नाईका दीपक चाहारले चार विकेट लिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार