‘सर्वदलीय बैठकबारे थाहा छैन, प्रचण्ड बालुवाटार जानुहुन्न’

२०७८ बैशाख ४ शनिबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार नजाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि डोकेको सर्वदलीय बैठकमा प्रचण्ड नजाने भएका हुन् ।

लामो समयपछि फोन गरेर प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको निवास बोलाएको भए पनि प्रचण्ड नजाने उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । ‘सर्वदलीय बैठकको कुरो जुन बाहिर आएको छ, त्यो होइन,’ उनले भने, ‘फोनमा कुराकानी भाको हो, बालुवाटार भेटौं भन्या हो, उहाँ (प्रचण्ड)ले बालुवाटार होइन, सिंहदरबार भेट्ने भए भेटौं भन्नुभएको हो । अरु कुनै कुरा भएको छैन ।’

अध्यक्ष प्रचण्डले सिंहदरबारमा भटौं भनेपछि अरु कुरा नभएको उनले बताए । ‘आज बैठकका लागि फोन गरेको भनिएको छ तर, त्यसो होइन । नबोलाइएको बैठकमा उहाँ (प्रचण्ड) जानुहुन्न,’ जुगलले भने ।

यसअघि चैत ३ गते राष्ट्रपतिले शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन् । उक्त बैठकमा नेताहरुबीच भनाभन भएको थियो भने राष्ट्रपतिकै भुमिकाबारेमा आलोचना भएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार