थप २५५९ जनामा कोरोना‚ पाँचको मृत्यु

२०७८ बैशाख १० शुक्रबार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५ सय ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

९ हजार ६६४ जनाको पिसिआर परीक्षणमा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १ सय २२ पुगेको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ भने देशभर ४१० जना संक्रमित निको भई घर फर्किएका छन् । योसँगै कूल २ लाख ७६ हजार ५७५ संक्रमित निको भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार