कोरोना संक्रमणको चक्र नरोके अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन : स्वास्थ्य मन्त्रालय

२०७८ बैशाख १२ आइतबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्र रोक्न नसके अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना नियन्त्रणका लागि सरकारले तोकेका मापदण्ड नै निर्विकल्प उपाय भएको भन्दै त्यसको पालन गर्न आग्रहसमेत गरेको छ ।

‘व्यक्ति–व्यक्तिले निर्वाह गर्नसक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड (मास्क लगाउने, दूरी कायम गर्ने र स्यानिटाइजर गर्ने) लाई कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अनुरोधसमेत गरेको छ ।

त्यस्तै सञ्चारमाध्यममा समाचार पढ्दा‚ अन्तर्वार्ता लिँदा अथवा कुनै कार्यक्रमयको समाचार बनाउँदा मास्कको प्रयोग गर्न र मास्कको प्रयोग नगरेका व्यक्तिको समाचार प्रकाशन नगर्नसमेत आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार