थप ३१२२ जनामा कोरोना‚ उपत्यकामा मात्रै १४९८

२०७८ बैशाख १२ आइतबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ७८ जनामा परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १ हजार ४ सय ९८ जना काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार ४५० जना कोरोनामुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार