थप ४५२४ जनामा कोरोना‚ १८ को मृत्यु

२०७८ बैशाख १४ मङ्गलबार, काठमाडौं । नेपालमा मंगलबार थप चार हजार ५ सय २४ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर १४ हजार ६७२ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा चार हजार तीन सय ६४ जना र एक हजार ९ वटा एन्टिजेन परिक्षणका क्रममा १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म ३१ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै ५५५ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७८ हजार ५०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २६ हजार २२५ सक्रिय संक्रमित आइशोलेसनमा छन् भने ५८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार