बिरामीका लागि शय्या छैनन्, सतर्क रहनुहोला : स्वास्थ्य मन्त्रालय

२०७८ बैशाख १७ शुक्रबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड- १९ संक्रमणदर उच्च भएको भन्दै सर्वसाधारणलाई सतर्क हुन अपिल गरेको छ ।

कोभिड-१९ संक्रमणका हिसाबले अति प्रभावित २२ जिल्लामा कोरोना संक्रमणदर डर लाग्नेगरी बढेको जानकारी दिँदै अस्पतालमा समेत बिरामीका लागि शय्याको अभाव हुने अवस्था आएकाले सतर्क रहन र सरकारले तोकेका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको समेत मन्त्रालयले जानकारी दिएको छ ।

सबैलाई कोभिड महामारीमा संवेदनशील हुन आग्रह गर्दै कुनै पनि मार्गबाट देश तथा विदेश जाने, आन्तरिक तथा बाह्य पर्यटनका लागि कहिँ‚ कतै जानसमेत पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले अनुरोध गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण फैलिरहेको यो अवस्थामा संवेदनशील भई स्वास्थ्य मापदण्ड अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार