थप ७२११ जनामा कोरोना‚ २७ को मृत्यु

२०७८ बैशाख १९ आइतबार, काठमाडौं । नेपालमा आइतबार थप सात हजार २११ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १६ हजार १४७ पिसिआर परिक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १६ सय १२ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोरोना जितेका छन् ।

हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित रहेका छन् भने आइसोलेसनमा ६७ जना रहेका छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ हजार ५ सय ९५ जना भेटिएका छन् । काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार