कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना

२०७८ बैशाख २० साेमबार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोभिड-१९ संक्रमण भएको छ । ज्वरो आउने र जीउ दुख्ने भएपछि पीसीआर गराएका शर्मामा बिहान संक्रमण पुष्टि भएको हो ।

सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिँदै उनले ज्वरो र जीउ दुखाइ बढेपछि स्वाब दिएको र कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । ‘औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ,’ उनले भनेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार