देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

२०७८ बैशाख २० साेमबार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि त्यसबारे धारणा बनाउन बैठक आह्वान गरिएको कांग्रेस सचेतक पुष्पा भुसाललेखबर कुञ्जलाई जानकारी दिइन् । उनका अनुसार बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन् ।

‘सर्वाेच्चको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्यूताईदिएपछि त्यसको १ महिलाभित्र विश्वासको मत दिनुपर्ने थियो,’ उनले भनिन्, ‘अहिले कोरोना संक्रमण नियन्त्रणलाई मुख्य एजेण्डा बनाउनुपर्ने बेला विश्वासको मत लिनु सान्दर्भिक हुँदैन ।’

साथै बैठकमा अबको राजनीतिक रणनीति र विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुने उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार