घटेन संक्रमण, यी ४५ जिल्लामा निषेधाज्ञा [सूचीसहित]

२०७८ बैशाख २१ मङ्गलबार, काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजबारसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

आजदेखि थप ७ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा लागू सुरु भएको हो । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

हेर्नुहोस् सूची :-

2078_01_20_गते_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार