कहाँ-कहाँ छ निषेधाज्ञा ? हेर्नुहोस् जिल्लागत सूची र समय

२०७८ बैशाख २२ बुधबार, काठमाडौं । सरकारले कोभिड-१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजसम्म ५१ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा र सिरहामा निषेधाज्ञा लागू भएको हो । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

हेर्नुहोस् सूची :- 2078_01_21_गते_बेलुका_८_बजेसम्म_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार