तोकिएभन्दा ढिला सुरु हुँदै ‘बिग बोस’

२०७७ असार १३ शनिबार,एजेन्सी ।  सर्वाधिक हेरिने भारतीय टिभी रियालिटी सो तोकिएभन्दा ढिला सुरु हुने भएको छ। कोभिड-१९ र लकडाउनका कारण कार्यक्रमको तालिकामा फेरबदल भएको हो।

बिग बोसको १४ औं संस्करण अक्टोबर पहिलो साताबाट सुरु हुने भनिको थियो तर अब अक्टोबरको अन्तिम साताबाट मात्र प्रसारण हुने भएको हो । बलिउड हंगामाले जनाए अनुसार यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन्। ती मध्य १३ जना सेलिब्रेटी हुन् भने ३ जना आम मानिस । उनीहरु सबै एउटै घरमा बस्ने छन् ।

सहभागीहरु बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरुको कोरोना भाइरस परीक्षण गरिने छ । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि कार्यक्रमका केही नियम तथा निर्देशिका परिवर्तन गरिएको जनाइएको छ। जसका कारण कार्यक्रम सफल ढङ्गमा अघि बढ्‍ने समेत उल्लेख गरिएको छ।

बलिउड अभिनेता सलमान खानले प्रस्तुत गर्ने कार्यक्रमको सेट फिल्म सिटीमा बनाइएको छ । सामाजिक दूरी कायम राख्दै र अन्य सुरक्षा उपकरणको प्रयोग बीच छायाँकन सुरु हुन लागेको हो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार