राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदै

२०७८ बैशाख २४ शुक्रबार, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज (शुक्रबार) हुँदैछ ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो । उम्मेदवारले विहान १० बजेदेखि दिउँसो चार बजेसम्मको समय तोतकेको छ ।

उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँदै छ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन् ।

एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार