‘सामूहिक राजीनामा अपराध हो’

२०७८ बैशाख २७ साेमबार, काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिन अपराध भएको बताएका छन् । विपक्षी एमालेका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेको बेला अध्यक्ष ओलीले यसलाई अपराध करार गर्दै त्यसमा संलग्न नहुन अनुरोध गरेका हुन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ अध्यक्ष ओलीले आइतबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्– ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

यता एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेसम्बद्ध सबै सांसदलाई ओलीको पक्षमा मतदान गर्न भनि ह्वीप जारी गरिसकेका छन् । अध्यक्ष ओलीले वैशाख २७ गते अर्थात् भोलि सदनबाट विश्वासको मत लिँदैछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार