थप ९४८३ जनामा कोरोना‚ २२५ को मृत्यु‚ ५२२५ संक्रमणमुक्त

२०७८ बैशाख २८ मङ्गलबार, काठमाडौं । मंगलबार नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण गरी कुल २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २२५ संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कुल ४ हजार ८४ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै मंगलबार थप ५ हजारभन्दा बढी कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् ।

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन् भने ४४८ जना संक्रमित क्वारेन्टाइनमा छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार