कोरोनाबाट वाग्मती प्रदेशसभा सदस्य चौलागाईंको निधन

२०७८ बैशाख २९ बुधबार, काठमाडौं । नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।

‘एमाले केन्द्रीय सदस्य, संविधानसभा सदस्य तथा वर्तमान वागमती प्रदेशसभा सदस्य, पार्टीका अत्यन्त निष्ठा, सरल र इमान्दार नेता पशुपति चौलागाईंको कोभिड-१९ को उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भुमा निधन भएको अपत्यारिलो खबरले सिंगो पार्टी पंक्ति मर्माहित भएको छ,’ एमाले कार्यालयद्वारा जारी शोक सन्देशमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार