थप ९३०५ मा कोरोना‚ १६८ को मृत्यु‚ ४४४४ कोरोनामुक्त

२०७८ बैशाख २९ बुधबार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर नेपालमा ९ हजार  ३०५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा भने बुधबार थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बुधबार देशभर चार हजार ४४४ जना कोरोनामुक्त भएका छन् ।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार