‘निजी अस्पतालले जनतामा त्रास फैलाए’

२०७८ बैशाख ३० बिहीबार, काठमाडौं । कोभिड १९ संक्रमितको उपचार गरिरहेका उपत्यकाका विभिन्न अस्पतालहरूले अक्सिजनको अभावका कारण भर्ना नलिने भनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ध्यानाकर्षण गराएको छ ।

केही निजी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामीहरुलाई विकल्प खोज्न सार्वजनिक सूचना जारी गरेका थिए । अस्पतालहरुले निकालेका सार्वजनिक सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै प्रशासनले आपत्ति जनाएको हो ।

प्रशासनले मानवीय संवेदनशीलतालाई ख्याल गर्न आग्रह गर्न र सकारात्मक भूमिका निर्वाह गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । ‘अक्सिजनको अभावलाई पूर्ति गर्नका लागि सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्यले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भई कोभिड-१९ को नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ,’ प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार