एकैदिन ७० आरोही पुगे सगरमाथाको चुचुरोमा

२०७८ बैशाख ३० बिहीबार, काठमाडौं । देशमा काेभिड-१९ संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ ।

बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ । -रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार