थप ७३६८ जनामा कोरोना‚ १४५ को मृत्यु‚ ६६४८ कोरोनामुक्त

२०७८ जेष्ठ २ आइतबार, काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्।

त्यस्तै  थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या पाँच हजार एक पुगेको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ ।

आज देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार