उपत्यकाका यी अस्पतालमा खाली छन् आईसीयू र भेन्टिलेटर [सूची]

२०७८ जेष्ठ ४ मङ्गलबार, काठमाडौं । कोभिड-१९ को संक्रमण फैलिँदै जाँदा गम्भीर बिरामीका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको सर्वत्र गुनासो छ । स्वयम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने जनाएको छ ।

अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको तथ्यहरु छन् । तर सरकारले भने काठमाडौं उपत्यकामा ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार एक विवरण सार्वजनिक गर्दै उपत्यकाका १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड, २ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको खाली रहेको जनाएको हो ।

ती अस्पतालहरुमा आइसोलेसन बेडको कूल क्षमता २३ सय ८६ रहेकोमा १६ सय ३६ जना मात्रै बिरामीको उपचार भइरहेको छ । ४ सय ६४ आईसीयू बेड रहेकोमा २ सय ४३ जना बिरामी छन् भने भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ । यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन् ।

  • हेर्नुहोस् विवरण :-

                                             स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार