‘भारतीय भेरिअन्टले उमेर भन्दैन, अझ होसियार बनौं’

२०७८ जेष्ठ ५ बुधबार, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरिअन्ट भेटिएको पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट रहेको पुष्टि भएको हो ।

भारतीय भेरिअन्टको नामले पनि चिनिने यो भेरिअन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २०२१ मेमा विश्वव्यापी चिन्ताको भेरिअन्ट भनी वर्गीकरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो कहाँ-कहाँ भेटिएको थियो, कस्तो थियो, के-के लक्षण हुन् भन्नेबारे अध्ययन हुनै बाँकी रहेको बताए ।

उनका अनुसार यसले के-के असर गर्छ र खोपले काम गर्छ/गर्दैन भन्ने पनि पत्ता लागेको छैन । ‘नयाँ जात हो । त्यस कारण नेपालीहरू अलि होसियार हुनुपर्यो,’ उनले भने ।

यो भेरिअन्ट बढी संक्रामक रहेको पनि प्रवक्ता डा. गौतमले बताए । ‘हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको छ,’ उनले भने, ‘त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न विनम्र अपिल गर्दछु ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार