थप ७९८९ जना कोरोनामुक्त‚ ८१७३ मा संक्रमण‚ २४६ को मृत्यु

२०७८ जेष्ठ ५ बुधबार, काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप ७ हजार ९८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको जम्मा संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ ।

त्यस्तै ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन् ।

यसैगरी बुधबार नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ । देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार