आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान?

२०७८ जेष्ठ ६ बिहीबार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ ।

बितेको २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार