देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव

२०७८ जेष्ठ ७ शुक्रबार, काठमाडौं । सरकारको विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका शीर्ष नेताको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेपछि सभापति देउवाले प्रधानमन्त्रीको दाबी पेश गरेको माओवादी नेता लीलामणि पोखरेलले जानकारी दिए ।

१४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको उनले बताए ।

देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदमा नेकपा एमाले माधव समूहका पनि २७ जना सांसदसमेत रहेका छन् । त्यसैगरी जसपाका यादव-बाबुराम पक्षका १३ सांसदले हस्ताक्षर गरेका छन् ।

१४९ हस्ताक्षरसहित देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव शीतलनिवास पुगेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार