विपक्षी दलभन्दा अगाडि ओली शीतल निवासमा

२०७८ जेष्ठ ७ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका छन् । ओलीनिकट एक नेताले खबरकुञ्जलाई बताएअनुसार ओली विपक्षी दलहरुभन्दा अगाडि नै शीतल निवास पुगेका हुन् । ‘उहाँ विपक्षी दलभन्दा अगाडि नै शीतल निवास पुग्नुभएको थियो,’ ती नेताले भनेका छन् ।

के प्रयोजनका लागि जानुभएको ? भन्ने प्रश्नमा ती नेताले भने— ‘प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता हुनुको लागि धेरै केही कारण नै चाहिँदैन । समसामयिक विषयमा छलफल गर्नुभएको थियो ।’

यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शीतल निवास पुगेका छन् ।

देउवालाई एमालेका २७ र जसपाका १३ सँगै माओवादीका ४९ र राजमोका १ सांसदले साथ दिएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार