महामारीमै कालोबजारी : मूल्य वृद्धि आकाशिँदै, जनता निचोरिँदै

२०७८ जेष्ठ ९ आइतबार, काठमाडौं । अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो ! यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् !

गाउँमा किसानले मूल्य पाएका छैनन् ! तरकारी कुहेका र फालिएका छन् ! कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् ! यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन !

खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ ! महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ ! बजारमा अहिले माग घटेको छ ! यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो ! तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ ! यो छाडापनमा राज्य भने मौन बसेको छ !

महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् ! निषेधाज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन, तरकारीलगायतमा चर्को मूल्यवृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु निचोरेजस्तै निचोरेका छन् ! सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् !

स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुने बिरामीबाट हजारौंदेखि लाखौं रुपैयाँसम्म स्वास्थ्य संस्थाले असुल गर्दै आएका छन् ! नक्कली औषधिमा सक्कली औषधिको लेबल लगाएर बिक्री वितरण हुँदै आएको छ ! औषधिको कृत्रिम अभाव सिर्जना गरी ५ हजार पर्नेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म असुल गर्ने क्रम रोकिएको छैन !

यस्तै कालोबजारी र कार्टेलिङको अवस्था दैनिक उपभोग्य वस्तुतर्फ पनि सिर्जना भएको छ ! कोभिडका कारण महामारी फैलिएर संकट निम्तिएको समयमा व्यापारीले मिलोमतो गरी दैनिक उपभोग्य वस्तुतर्फ ५ देखि २५ प्रतिशत मूल्यवृद्धि गरेका छन् ! टोलटोलमा भएका स–साना खुद्रा पसलले आफूखुसी अतिरिक्त मूल्य थप गरी दैनिक उपभोग्य वस्तु बिक्री गरेका कारण संकटको समयमा आम उपभोक्ता ठगिएका छन् !

महामारीका कारण अधिकांश सर्वसाधारणको आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिकाबीच नेपालीको भान्छा यो मूल्यवृद्धिले निक्कै महँगिएको छ ! पछिल्लो समयमा भान्छामा अत्याधिक प्रयोग हुने चामल, दाल, गेडागुडी, खानेतेल, चिनी, पेट्रोलियम पदार्थलगायतमा चर्को मूल्यवृद्धि भएको छ ! यस्तै हरियो ताजा तरकारीको मूल्य पनि अचाक्ली रूपमा बढेको छ !

खुद्रा व्यापार संघकाअनुसार ठूला व्यापारीले विभिन्न बहानामा प्रत्येक दैनिक उपभोग्य वस्तुमा न्यूनतम १० देखि २ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् ! यो मूल्य वृद्धिका कारण आम उपभोक्ता निक्कै मारमा परेका छन् ! यस्तै हरियो तरकारीमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म मूल्यवृद्धि गरिएको छ !

पछिल्लो समयमा सबैभन्दा बढी खानेतेलको मूल्यमा अत्यधिक वृद्धि भएको छ ! सनफ्लावर र तोरीको तेलमा एक सयदेखि २ सय रुपैयाँसम्म मूल्य थपिएको छ ! खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरका अनुसार अघिल्लो वर्षको साउनदेखि निरन्तर रूपमा खानेतेलको मूल्य बढेको बढ्यै छ !

मानन्धरका अनुसार ठूला व्यापारीले निषेधाज्ञाका कारण सवारी साधनको अभाव, अवागमन असहज र ढुवानी खर्च वृद्धिका कारण यस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली रूपमा बढेको हो ! ठूला व्यापारीले निषेधाज्ञा लाग्नुअघि आपूर्ति गरेको दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बढाएका छन् !

निषेधाज्ञा लाग्नुअघि प्रतिलिटर सनफ्लावरको मूल्य २ सय २० देखि २ सय ३० सम्म थियो ! अहिले यसको मूल्य बढाएर २ सय ६० रुपैयाँ पु¥याइएको छ ! २ सय १० प्रतिलिटर रहेको तोरी तेलको मूल्य अहिले २ सय ५०, २ सय ३५ रुपैयाँ रहेको भटमास तेलको मूल्य २ सय ५० रुपैयाँ कायम गरिएको छ ! ‘हामीले मूल्य बढाएका छैनौं,’ मानन्धरले भने, ‘ठूला व्यापारीबाट मूल्य बढेर आएका कारण सबैजसो दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ! टोलैपिच्छे खुद्रा पसलमा यस्ता वस्तुमा झन् १० देखि २५ रुपैयाँ वृद्धि गरी उपभोक्तालाई ठगिएको छ !’

संघका अनुसार प्रत्येक जातको चामलको प्रतिबोरामा न्यूनतम ५० देखि १ सय ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ! १ हजार ६ सय ५० रुपैयाँ पर्ने प्रतिबोरा जिरा मसिनोलाई १ हजार ७ सयदेखि १ हजार ८ सय, २ हजार २ सय ५० पर्ने पोखरेली चामललाई २ हजार ४ सय रुपैयाँ, २ हजार ४ सय ५० पर्ने लङ्ग ग्रेनको प्रतिबोरालाई २ हजार ५ सय ५० रुपैयाँ मूल्य तोकिएको छ ! यस्तै १ हजार ५ सय पर्ने सोना मन्सुलीलाई अहिले १ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ! त्यस्तै चिनीको मूल्य पनि उकालो लागेको छ ! निषेधाज्ञा अघिसम्म प्रतिकिलो ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको चिनीको मूल्य अहिले ९५ देखि १ सय रुपैयाँ पुगेको छ !

मानन्धरका अनुसार ठूला व्यापारीले बिलिङ गर्दा कमको गर्ने तर रकम भुत्तानी बढी लिने गरेका छ ! यसले गर्दा सरकारले अनुगमन गर्दा पनि ठूलो व्यापारीले बिलिङ दुरुस्त राखेका कारण कुनै कारबाही हुन नसकेको हो ! ठूला व्यापारीले नै अधिक मूल्य थपेर दैनिक उपभोग्य वस्तुको कालोबजारी गर्दैआएको संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिए !

बज्राचार्यका अनुसार निषेधाज्ञाको फाइदा उठाएर थोक व्यवसायीले आफूखुसी मूल्यवृद्धि गरेका छन् ! संघकाअनुसार निषेधाज्ञाअघि प्रतिकिलो १ सय २० रहेको मुसुरो दालको मूल्य बढाएर १ सय ४० पु¥याइएको छ ! १ सय ६० मा बिक्री भएको रहर दाललाई १ सय ७०, १ सय ६० मा बिक्री भएको मासको दाललाई १ सय ८० र प्रतिकिलो १ सय ३० मा बिक्री भएको चनाको दाललाई अहिले १ सय ४० रुपैयाँ तोकिएको छ !

गेडागुडीतर्फ मूल्य अस्वाभाविक वृद्धि गरिएको छ ! संघकाअनुसार प्रतिकिलो १ सय ८० मा बिक्री भएको चनाको गेडालाई अहिले २ सय २० रुपैयाँ मूल्य तोकिएको छ ! १ सय ५० को सेतो केराउलाई १ सय ५५ र १ सय ६० जाने मुंग गेडालाई १ सय ७० रुपैयाँ मूल्य तोकिएको छ !

थोक विक्रेता संघका अध्यक्ष देवेन्द्र भट्टले ढुवानी खर्च बढेकाले सबैजसो उपभोग्य वस्तुको मूल्य वृद्धि भएको दाबी गरे ! ‘यस्तो अवस्थामा पहिलो प्राथमिकता नियमित रूपमा पर्याप्त आपूर्ति हुनु हो ! त्यो भइरहेको छ,’ भट्टले भने, ‘महामारी र निषेधाज्ञाको समयमा मूल्यमा केही वृद्धि हुन्छ नै ! हाम्रो मुलुकमा मात्रै यस्तो भएको होइन् !’

भट्टले कच्चा पदार्थको अभाव र मूल्य वृद्धिका साथै अन्तर्राष्ट्रिय बजारबाट आयात गर्न आवश्यक पर्ने कन्टेनरको अभावका कारण खानेतेलको मूल्य निरन्तर रूपमा बढ्दै गएको जानकारी दिए ! यो बेला कुखुराका मासुको मूल्य भने घटेर उपभोक्तालाई केही राहत भएको छ ! पछिल्लो समयमा प्रतिकिलो ४ सय ५० सम्म मूल्य पुगेको कुखुराको मासुको मूल्य घटेर अहिले ३ सय ५० मा पुगेको छ !

उपभोक्तावादी ज्योति बानियाँले सरकारको कमजोर उपस्थितिका कारण उपभोक्ता चौतर्फी महँगीको मारमा परेको बताए ! उनले भने, ‘सत्तासिन दल र बिपक्षी पछिल्लो लामो समयदेखि सत्ताको खेलमा लागेका कारण बजार नियन्त्रण गर्ने निकायको उपस्थिति कमजोर भएकाले बजारमा चौतर्फी रूपमा लुट मच्चिएको हो !’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार