‘जेठ ८ को कदमभित्र राष्ट्रघात छ, प्रतिरोध गरौँ’

२०७८ जेष्ठ ९ आइतबार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुस ५ कोभन्दा जेठ ८ को कदम गम्भीर भएको टिप्पणी गरेका छन् । सरकारको कदमको कडा विरोध गर्दै आएको डा. भट्टराईले अहिलेको प्रतिनिधि सभा विघटन गम्भीर भएको टिप्पणी गरेका हुन् ।

कोभिड-१९ को दोस्रो लहर चर्केको बेला राज्यले नरसंहार गर्ने जनताले प्रतिरोध गर्न नसक्ने अवस्था रहेको उनको भनाई छ । ‘जेठ ८ को प्रतिक्रान्तिकारी हर्कत पुस ५ को भन्दा गम्भीर छ । किनकि १. कोरोनाको दोस्रो लहर चर्केको बेला राज्यले नरसंहार गर्ने जनताले प्रतिरोध गर्न नसक्ने अवस्था छ । २. यो संसद् विघटन मात्र हैन, संविधान विघटन गर्ने गुरुयोजनाअन्तर्गत छ । ३.यसभित्र राष्ट्रघात छ,प्यादाहरू छन्। अतः एकताबद्ध प्रतिरोध गरौं,’ उनले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार