थप ७६६४ जना कोरोनामुक्त‚ ७९१४ मा संक्रमण‚ १९३ को मृत्यु

२०७८ जेष्ठ ९ आइतबार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको कुल संख्या ९ लाख ९१ हजार ३४८ पुगेको छ ।

त्यस्तै आज देशभर ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९३ जना संक्रमितको मृत्यु भएको छ । देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार